FAQs Complain Problems

ग्यालरी

गाउँपालिका भित्र मौरीपालन व्यवसाय तर्फ आकर्षित र प्रबर्धन गर्ने उदेश्यले गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सबै वडाका वडा कार्यालय साथै कृषि शाखाले गरेको कृषक छनोट तथा सिफारिसको आधारमा ७० प्रतिशत अनुदानमा गाउँपालिका भित्रका ६५ जना कृषकहरुलाई तालिम सहित प्रति १ घारका दरले मौरीगोलाघार वितरण गरियो ।

मिति २०७८।०२।२८ देखी ३१ सम्म ।

मिति: 06/14/2021 - 11:43
, , , , ,

बैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकसम्म गरेका पूर्वाधार विकास तथा सामाजिक सुरक्षा योजनाको प्रभाबकारीता सम्बन्धि भए- गरेका कार्यहरूको सार्वजनिक सुनुवाइ कार्यक्रमका केही झलकहरु ।

मिति: 04/08/2019 - 10:06
, , , ,
मिति: 02/22/2019 - 13:52
, , ,

संविधान दिवस २०७५ को अवसरमा यस गाउँपालिकाको आयोजनामा वैतेश्वर–५ मैनापोखरीमा  गाउँपालिकाका जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक, राजनीतिज्ञ, बुद्धीजिवि, समाजसेवी, कर्मचारीहरु, सर्वसाधारण, सुरक्षाकर्मीहरु लगायतको उपस्थितिमा  पन्चेबाजा सहित प्रभातफेरी गर्दै बजार परीक्रमा गरी हर्ष उल्लासका साथ संविधान दिवस मनाइयो । यसै अवसरमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले संविधान दिवसको शुभकामना मन्तव्य व्यक्क्त गर्नुभएको थियो ।

मिति: 09/19/2018 - 21:28
, , , ,

नवनियुक्त लेखापाल श्री नविन के सी लार्इ यस गाउँपालिकामा स्वागत कार्यक्रम तथा कर्मचारीहरूबिच छलफलका तस्वीर ।

मिति: 05/19/2018 - 21:15
,

" न्यायमा पहुँचको लागि समुदायमा सरकारी वकिल " शीर्षकमा आज जेठ ५ गते बैतेश्वर गाउँपालिकाको हलमा कार्यक्रम सञ्चालन भयाे । यस कार्यक्रममा दोलखा जिल्ला अदालतका न्यायाधीश माननीय कमलराज बिष्ट, सरकारी वकिल बद्री नेपाल, बरिस्ठ पत्रकार ए‌व‌ं अकोराबका काेषाध्यक्ष लक्ष्मण खडका, गाउँपालिकाका जनप्रतिनिधिहरु , कर्मचारीहरु र  सुरक्षाकर्मीहरूकाे उपस्थिति थियाे । कार्यक्रममा न्याय र कानुनका विषयमा छलफल गरियाे ।

मिति: 05/19/2018 - 20:56
, , ,

बैतेश्वर गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वडा नम्बर ४ मा रहेको हनुमन्तेश्वर माबि काब्रेको अनुगमन गर्ने सिलसिलामा, िमिति २०७५।०१।२७ ।

मिति: 05/13/2018 - 10:31
, , , ,
मिति: 04/13/2018 - 20:50

कार्यक्रम सञ्चालन मिति : २०७४/१०/१९

मिति: 02/09/2018 - 12:43
, , ,
मिति: 02/09/2018 - 11:29