FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिव। सम्बन्धीत फाँटका कर्मचारी ।
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाजेकाे स्पष्ट अाधार ।
२) साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारबाही चलाएकाे पुष्टि गर्ने कागजातहरु ।
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि सम्बन्धीत देशकाे अाधिकारिक प्रमाणपत्र ।
५) नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरु ।
६) पासर्पाेट साइजकाे फाेटाे तीन प्रति ।
७) चालु अाव सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
८) सर्जमिन मुचुल्का ।

प्रक्रिया: 

१) निवेदन सहित ताेकिएकाे कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिवले सम्बन्धीत कर्मचारीलार्इ ताेक अादेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) ताेकिएकाे कर्मचारीले अावश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानुनी राय अावश्यक भएमा राय साेध्ने ।
५) निवेदकले ताेकीएकाे शुल्क बुझाउने ।
६) चलानि गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने ।
७) अनुसुची ८ काे ढाँचामा नागरिकता सिफारिसकाे अभिलेख राख्ने ।