FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र ।
२) बालककाे बाबु/आमाको नागरिकता ।
३) चालु आ.व. सम्मको मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
४) अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धीत अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रकाे प्रमाणित प्रतिलिपि ।

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यत्तिले सूचना दिने ।
२) निजकाे अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठाे व्यत्तिले सूचना दिने ।
३) घटना घटेको ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने ।
४) ताेकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।