समाचार
राजश्व अनलाईन बाटै भुक्तानी गर्न सकिने सम्बन्धी सूचना ।
स्थानीय तह राजश्व पोर्टल मार्फत वैतेश्वर गाउँपालिकाको करदातामा आबद्ध भई गाउँपालिकालाई तिर्नु बुझाउनु पर्ने राजश्व, कर तथा सेवा शुल्कहरु अनलाईन(Connect IPS) बाटै भुक्तानी गर्न सक्नुहुनेछ ।
अनलाईन मार्फत राजश्व भुक्तानी गर्नका लागि स्थानीय तह राजश्व पोर्टलको यो लिङ्क मा जानुहोस https://sutrarevenue.fcgo.gov.np/web/#/login
यसको लागि सुरुमा उक्त पोर्टलबाट आफ्नो विवरण (नाम, मोबाईल नं., ईमेल, जन्म मिति आदि) भरी नयाँ युजर बनाउनुहोस । युजर बनाईसकेपछि आफ्नो मोबाईल नं. वा ईमेल र पासवर्ड प्रयोग गरी पोर्टलमा लगईन गरेर वैतेश्वर गाउँपालिकालाई बुझाउनु पर्ने राजश्व सजिलै बुझाउन सक्नुहुनेछ ।
राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश तपाईको मोबाईलमा समेत आउने छ ।