FAQs Complain Problems

वैतेश्वर गाउँपालिकाको संक्षिप्त परिचय

वैतेश्वर गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम स्थापना भएको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो । समुन्द्र सतहदेखि करिब ८८६ मि. देखि ३०४७ मि. सम्मको उचाईमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ८०.४१ वर्ग कि.मि रहेको छ भने वि.सं. २०६८ सालको जनगणना अनुसार १९८७६ जनसंख्या थियो भने २०७८ सालको जनगणना अनुसार जम्मा १७८९६ जनसंख्या रहेको छ । साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गा.वि.स मिलेर यो गाउँपालिका ८ वडामा विभक्त छ । वडा नं. ६ को पाडुडाँडामा गाउँपालिकाकाे स्थायी केन्द्र रहेकाे छ र साेही स्थानमा पक्की भवन निर्माण गरी कार्यालय संचालन तथा सेवा प्रवाह गर्दै आएकाे छ ।
तामाङ, क्षेत्री, बाम्ह्रण, जिरेल, थामि लगायतको जातजातिको बाहुल्यता रहेको यस गाउँपालिकाको प्रमुख व्यापारिक नाका तथा बजारहरुमा मैनापोखरी, खाँवा, तामाकोशी, नाम्दु, लहरेमाने, पुतलीकाठ, क्षत्रपा आदि पर्दछन । पूर्वमा जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गैरीशंकर गाउँपालिका तथा कालिञ्चोक गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो गाउँपालिका जिरी जाने प्रमुख नाकाको रुपमा रहेको छ ।