FAQs Complain Problems

सरोकारवालाहरूसँगको अन्र्तक्रिया कार्यक्रम

वैतेश्वर गाउँपालिकाले आयोजना गारेको वैतेश्वर गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अवस्था बारेमा सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम आज मिति २०७५।०२।११ गते सम्पन्न भयो । यस कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय पार्वत गुरुङ  र अतिथिहरू माननीय शान्तिकुमारी तामाङ , प्रदेश सभाका माननीय  पशुपति चौलागाईं , बिशाल खडका , हिमाली गोले तथा जिल्ला समन्वय समितिका प्रमुख डवल पान्डे लगायत बैतेश्वरका जनप्रतिनिधिहरु ,विभिन्न राजनीतिक दलका नेताहरु , पत्रकारहरू , संघसंगठनका प्रतिनिधिहरु , कर्मचारीहरू ,सुरक्षाकर्मीहरू लगायतको उपस्थिति थियो । अतिथिहरुले गैरीमुदीको बुद्धपार्क , फ्रान्सेली संस्थाको सहयोगमा निर्मित बिष्णु माबि भवन , वडा नम्बर १ ,३ र ५ को कार्यालय, अलैंची खेती , इटा भट्टा उद्योग , गोपि - पाडु - क्षत्रपा द्रुतमार्ग , पाडुडाडा , गाउँपालिका कार्यालय आदि ठाउँहरु अवलोकन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नबराज पराजुली ले वैतेश्वर गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो  र माननीय श्री पावर्त गुरूङ, पशुपति चौलागाईं, विशाल खडका, शान्ति पाख्रीन,हिमाली गोले,  डवल पान्डे, लगायत अन्य अतिथिहरूले मन्तव्य व्यक्त गरी मैनापोखरीमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

आर्थिक वर्ष: