FAQs Complain Problems

वैतेश्वर गाउँपालिकाकाे अस्थायी सम्पर्क कार्यालय

Read More

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडा ।

Read More

प्रमुख व्यापारिक केन्द्र मैनापाेखरी बजार

Read More

वैतेश्वर गाउँपालिकाको संक्षिप्त परिचय

वैतेश्वर गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम स्थापना भएको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो । समुन्द्र सतहदेखि करिब २००० मि. सम्मको उचाईमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ८०.४१ वर्ग कि.मि रहेको छ भने वि.सं. २०६८ सालको जनगणना अनुसार १९८७६ जनसंख्या रहेको छ । साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मिर्गे गा.वि.स मिलेर यो गाउँपालिका ८ वडामा विभक्त छ । वडा नं. ६ को पाडुडाँडामा स्थायी केन्द्र भएता पनि हाल मेघेचौर स्थित भाडाको घरमा कार्यालय सञ्चालित छ । 

छुट तथा पुनः जाँच कार्यक्रम पश्चात कायम भएका लाभग्राहीहरूकाे नामावली

दस्तावेज: 

साेलार खरिद सम्बन्धी सीलबन्दी दरभाउपत्रकाे सूचना ।।

सरोकारवालाहरूसँगको अन्र्तक्रिया कार्यक्रम

वैतेश्वर गाउँपालिकाले आयोजना गारेको वैतेश्वर गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अवस्था बारेमा सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम आज मिति २०७५।०२।११ गते सम्पन्न भयो । यस कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय पार्वत गुरुङ  र अतिथिहरू माननीय शान्तिकुमारी तामाङ , प्रदेश सभा

उपस्थितिको लागि अनुरोध ।।

उपस्थितिको लागि अनुरोध ।।
यस गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अबस्थाको बारेमा प्रदेश तथा संघीय संसदहरूको उपस्थितिमा सरोकारवालासँगको अन्तरक्रिया देहाय अनुसारको मिति,समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको लागि उपस्थितिको लागि अनुरोध छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
माेबाइल न‌:
९७५४२०१२३२
उपाध्यक्ष
माेबाइल न‌:
९८६१२२१४१२

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना प्रविधि अधिकृत
इन्जिनियर
ना.सु
लेखापाल
सव ओभरसियर

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिव। सम्बन्धीत फाँटका कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाजेकाे स्पष्ट अाधार ।
२) साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारबाही चलाएकाे पुष्टि गर्ने कागजातहरु ।
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि सम्बन्धीत देशकाे अाधिकारिक प्रमाणपत्र ।
५) नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरु ।
६) पासर्पाेट साइजकाे फाेटाे तीन प्रति ।
७) चालु अाव सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
८) सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिव। सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नागरिकता लिनका लागि रु १०० अनुसुची फाराम दर्ता समेत नागरिकता प्रतिलिपिका लागि रु १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र अामा बाबुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
२) जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) विवाहित महिलाकाे हकमा पति र अामा बाबुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
४) चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि विधार्थीकाे हकमा ।
५) विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि विवाहितकाे हकमा ।
६) बसार्इ सरी अाएकाे हकमा बसार्इ सरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
७) दुवै कान देखिने पासर्पाेट साइजकाे फाेटाे दुृर्इ प्रति ।
८) चालु अाव सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।
९) कर्मचारि परिवारकाे हकमा सम्बन्धीत कार्यालयकाे सिफारिस ।
१०) प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रसासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) नागरिकताकाे प्रतिलिपि
२) फाेटा २ प्रति
३) निवेदन पत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति लाख रू ५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र ।
२) जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ।
३) जग्गाकाे अासपासकाे चलन चल्तीकाे मुल्य प्रक्षेपण ।
४) हालसालै अासपासकाे खरिद विक्री भएकाे भए साे प्रमाण वा सर्जमिन मुचुल्का ।
५) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन ।
२) निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ।
४) जग्गा धनी प्रमाण पूर्जाकाे प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
६) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
७) कानुनी जटिलता भएकाे देखिएमा कानुनी राय लिर्इनेछ ।

Pages

जानकारी